Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रहरी हवल्दार खड्का घुसहित अख्तियारको फन्दामा

प्रहरी हवल्दार खड्का घुसहित अख्तियारको फन्दामा

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना प्रहरी हवल्दारलाई घुस रकमसहित पक्राउ गरेको छ ।

प्रहरी चौकी भुजुवा, नवलपरासी बर्दघाट सुस्ता पश्चिम) दरबन्दी भई अस्थायी प्रहरी बिट भैरहवा बसपार्क, रुपन्देहीमा कार्यरत हवल्दार डुक बहादुर खड्का घुस रकमसहित पक्राउ परेका हुन् ।

विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले खड्कालाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा रुपन्देहीको रोहिणी गाउँपालिका–३ सिमरहा चौक नजिकबाट नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार भारतबाट रुपन्देही जिल्लाको भगवानपुर नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरेको उनीमाथि आरोप छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077