Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गठ्ठाघर दुर्घटनामा मृत्यु भएका व्यक्ति पुरुष भएको पुष्टि

गठ्ठाघर दुर्घटनामा मृत्यु भएका व्यक्ति पुरुष भएको पुष्टि

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौं । बिहीबार गठ्ठाघरमा भएको दुर्घटनामा परी मृत्यु भएका व्यक्ति पुरुष रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मृतक व्यक्ति अन्दाजी ४०-४५ वर्षका पुरुष रहेका छन् ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन कार्कीले विज्ञप्तिमा भुलबस २०(२५ वर्षका पुरुष उल्लेख भएको बताए । यति मात्रै होइन यसअघि महिलाको मृत्यु भएको बताइएको छ ।

तर दुर्घटनामा परेकी भनिएकी युवती नै प्रहरीको सम्पर्कमा आएकी छिन् । अहिले पहिचान फरक परेपछि प्रहरीले पुनः सनाखतको प्रक्रिया थालेको छ ।

बिहीबार दिउँस १:४० बजे कोटेश्वरबाट भक्तपुर जाँदै गरेको ना६ख २१७३ नम्बरको ट्रकले बा४९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ती व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो।

प्रत्यक्षदर्शीका अनुसार ट्रकले ती व्यक्तिलाई घिसार्दै परसम्म पुर्‍याएको थियो । उक्त घटनापछि गठ्ठाघर क्षेत्र तनावग्रस्त बनेको थियो । शव पोष्टमार्टमको लागि महाराजगस्‍थित शिक्षण अस्पताल राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077