Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गठ्ठाघर दुर्घटना : प्रदर्शनमा एसपी विष्टसहित तीनजना घाइते

गठ्ठाघर दुर्घटना : प्रदर्शनमा एसपी विष्टसहित तीनजना घाइते

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा दुर्घटना भएपछि सुरु भएको आन्दोलनमा भक्तपुरका एसपीसहित तीनजना घाइते भएका छन् ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्दा भक्तपुरका प्रहरी उपरीक्षक वेद विष्ट, प्रहरी सहायक हवल्दार बहादुरे राउत र मध्यपुर थिमी नगरपालिका–३ बस्ने सौगात सापकोटा घाइते भएका हुन् ।

बिहीबार दिउँसो कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

लगत्तै स्कुटर चालकको मृत्यु भएको थियो । दुर्घटना भएपछि गठ्ठाघर दिनभरजसो तनावग्रस्त बनेको थियो।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए भने प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । दुर्घटनापछि भेला भएका करिब २ हजार व्यक्तिहरूले सो क्षेत्रमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077