Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

दुर्घटना न्यूनीकरण गर्न फूलबारीस्थित हुलाकी सडकमा 'जेब्रा क्रसिङ' निर्माण

दुर्घटना न्यूनीकरण गर्न फूलबारीस्थित हुलाकी सडकमा 'जेब्रा क्रसिङ' निर्माण

बिहिवार , श्रावण ३१, २०८१

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाको फूलबारीमा हुलाकी सडकको दुई ठाउँमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । बिहीवार अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलबारी र नोबेल एकेडेमीले जेब्रा क्रसिङ निर्माण गरेका हुन् ।

धनगढीको वडा नम्बर १४ को स्याउले चोक तथा वडा नम्बर १८ को आदर्श चोकमा जेब्रा क्रसिङ बनाइएको अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलवारीका प्रमुख तथा प्रहरी हवल्दार शिद्धराज विष्टले जानकारी दिए ।

सवारी दुर्घटना न्यूनीकरण गर्न तथा पैदल यात्रुको सहजताको लागि जेब्रा क्रसिङ निर्माण गरिएको बताइएको छ ।

जेब्रा क्रसिङ निर्माणपछि ट्राफिक प्रहरीले सडक सुरक्षालाई ध्यानमा राखेर सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी बारे नोबेल एकेडेमीका विद्यार्थीहरूलाई अवगत गराएका थिए ।

पछिल्लो समय अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलबारीले ट्राफिक व्यवस्थापनमा सक्रियता देखाउँँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077