Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

नयाँ दिल्ली जाने परराष्ट्रमन्त्री आरजुको तयारी, कारण यस्तो

नयाँ दिल्ली जाने परराष्ट्रमन्त्री आरजुको तयारी, कारण यस्तो

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नयाँदिल्ली जाने तयारी गरेकी छिन् ।

स्रोतका अनुसार उनले नियमित स्वास्थ्य परीक्षणका लागि आगामी साता नयाँदिल्ली जाने तयारी गरेकी हुन् ।

यद्यपि ‘औपचारिक भ्रमण’ कै रूपमा उनी नयाँदिल्ली जाने छिन् । नियमित स्वास्थ्य परीक्षण गराउन जाने भएपनि भारतीय पक्षले उनको भ्रमणलाई औपचारिक रूप प्रदान गर्न लागेको बताइएको छ ।

विभिन्न स्वास्थ्य समस्या देखिएपछि डा. राणाको १५ चैत २०८० मा नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा हाइपर पाराथोरोडिज्मको शल्यक्रिया गरिएको थियो ।

भ्रमणका क्रममा उनले भारतीय समकक्षी एस. जयशंकरसँग नयाँदिल्लीमा भेटवार्ता गर्ने स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077