Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

टाँगामा भारत तस्करी गर्न लागिएको ४५० थान भेप बरामद

टाँगामा भारत तस्करी गर्न लागिएको ४५० थान भेप बरामद

शुक्रवार , श्रावण ३२, २०८१

वीरगन्ज । वीरगन्ज नाका हुँदै भारत तस्करी गर्न लागिएको भेप (विधुतीय चुरोट) बरामद गरिएको छ ।

वीरगन्जबाट टाँगामा राखेर रक्सौल लैजाँदै गरिएको करिब १४ लाख रुपैयाँ बराबरको भेप वीरगन्ज भन्सार नाकाबाट सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल १३ नम्बर गुल्म हेड क्वाटरका अनुसार भन्सार क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको टोलीले रक्सौल जाँदै गरेको टाँगा रोकेर चेकजाँच गर्दा टाँगाको सिटमुनि फल्स बटम बनाएर लुकाइएको अवस्थामा ४५० थान भेप बरामद भएको थियो ।

बरामद भेपको बजार मूल्य १३ लाख ८५ हजार रूपैयाँ रहेको बताइएको छ ।

बरामद भेप र घोडासहितको टाँगा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077