Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गठ्ठाघर दुर्घटना : मृतकलाई आफ्नी बहिनी भन्ने शम्भु प्रहरी नियन्त्रणमा, मुद्दा चलाउने तयारी

गठ्ठाघर दुर्घटना : मृतकलाई आफ्नी बहिनी भन्ने शम्भु प्रहरी नियन्त्रणमा, मुद्दा चलाउने तयारी

शुक्रवार , श्रावण ३२, २०८१

काठमाडौं । गठ्ठाघरमा बिहीबार भएको दुर्घटनाका मृतकलाई आफ्नो बहिनी भन्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुर प्रहरीले दुर्घटनामा आफ्नो बहिनीको मृत्यु भएको भन्ने शम्भु नेपालीलाई पक्राउ गरेको हो ।

शम्भुमाथि मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । शुक्रबार म्याद थप गरेर उनीमाथि थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको थियो ।

शम्भु नेपाली घटनास्थलममा रुँदै मृतक आफ्नो बहिनी भएको भन्दै आएका थिए ।

शम्भुले भनेकै आधारमा प्रहरीले मृतकको नाम सार्वजनिक गरेको थियो । तर मृतक भनिएकी व्यक्तिले आफू जीवित रहेको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि ती व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो।

शव पोष्टमार्टमका लागि पठाइसकेपछि घटनास्थलबाट बरामद भएका ब्लु बुक, लाइसेन्स लगायतका कागजातबाट भने मृतक महिला नभइ पुरुष भएको खुलेको थियो ।

त्यसपछि बल्ल मृतक व्यक्ति महिला नभइ ६५ वर्षीय पुरुष उत्तम कोइराला रहेको खुलेको थियो ।

स्कुटरलाई ठक्कर दिने ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077