Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गृह सचिव अर्याल र आईजीपी कुँवरले गरे कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

गृह सचिव अर्याल र आईजीपी कुँवरले गरे कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

शुक्रवार , श्रावण ३२, २०८१

काठमाडौं । गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन्।

गृह मन्त्रालयमा शुक्रबार आयोजित समारोहमा गृह सचिव अर्याल र आईजीपी कुँवरले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै उक्त सम्झौता आदान प्रदान गरेका हुन् ।

कार्यक्रमा बोल्दै गृह सचिव अर्यालले कार्यसम्पादन सम्झौताका विषयहरू समग्रमा शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण र सुशासन लगायत गृहमन्त्रालयका सम्पूर्ण जिम्मेवारीहरू प्रतिबिम्बित गरेको उल्लेख गरे ।

सम्झौता कार्यान्वयन गर्ने क्रममा गृहमन्त्रालयको नेतृत्वको तर्फबाट हुने सहजीकरण, नीतिगत मार्गनिर्देशनका साथै आवश्यक पर्ने स्रोत साधनको परिचालनमा समेत मन्त्रालयको साथ सहयोग र उच्च स्तरको समन्वय हुने गृह सचिव अर्यालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077