Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

थामे खोलामा बाढीले सोलुखुम्बुमा १४ घर बगायो, बाढीमा फसेका ७ जनाको उद्धार

थामे खोलामा बाढीले सोलुखुम्बुमा १४ घर बगायो, बाढीमा फसेका ७ जनाको उद्धार

शुक्रवार , श्रावण ३२, २०८१

सोलुखुम्बु । सोलुखुम्बुको पासाङल्हामू गाउँपालिका– ५ मा पर्ने थामेखोलामा आएको बाढीले १४ घर बगाएको छ ।

खुम्बु पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले १४ घर बगाएको हो।

बाढीबाट एउटा विद्यालय, ३ वटा क्लिनिकसहित १४ वटा घरमा पूर्ण क्षति भएको छ।

यस्तै ७ वटा घर उच्च जोखिममा रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ।

त्यस्तै, थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ ।

नेपाली सेनाले बाढीमा फसेकाहरुको उद्धार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077