Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

शुक्रवार , श्रावण ३२, २०८१

सप्तरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीमा डिजेल बोकेको ट्याङ्कले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्कले ठक्कर दिँदा मोटरसाइकलमा चालक सुनसरीको हरिनगरा गाउँपालिका-३ का महेश कुमार मेहता र पछाडि सवार जयप्रकाश मेहताको मृत्यु भएको हो ।

महेशको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

आज दिउँसो कन्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल लोड गरेको को १ ख ७४१४ नम्बरको ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल कञ्चनरुप नगरपालिका-१० स्थित आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

ट्याङ्कर चालक सिरहा जिल्ला कर्जना नगरपालिका-३ का ३२ वर्षीय मिथलेश यादव पनि घाइते भएका छन् ।

अहिले ठेलियास्थित धर्मेश्व अस्पतालमा उपचाररत रहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय कन्चनपुर, सप्तरीले मोटरसाइकल र ट्याङ्करलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077