Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

न्याय सेवा आयोगद्धारा २० सरकारी वकिलको सरुवा (सूचीसहित)

न्याय सेवा आयोगद्धारा २० सरकारी वकिलको सरुवा (सूचीसहित)

शुक्रवार , श्रावण ३२, २०८१

काठमाडौं। न्याय सेवा आयोगले १० जना सहसचिव स्तरका सरकारी वकिल सहित २० जनाको सरुवा गरेको छ ।

आज बसेको आयोगको बैठकले १० जना सहन्यायाधीवक्ता र १० जना उपन्यायाधीवक्ता (उपसचिव स्तर)का सरकारी वकिलको सरुवा गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आयोगको बैठकले सहन्यायाधीवक्ता तहका १० र उपन्यायाधीवक्ता तहका १० जनाको सरुवा गरेको छ।

न्याय सेवा आयोगमा प्रधानन्यायाधीश, वरिष्ठतम न्यायाधीश , लोक सेवा आयोगका अध्यक्ष, कानुनमन्त्री र महान्यायाधिवक्ता सदस्य हुने कानुनी व्यवस्था छ ।

सरुवा हुनेमा उमाकान्त पौडेललाई उच्च सरकारी वकिल कार्यालय नेपालगन्जबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ । त्यस्तै मिना गुरुङलाई धनकुटाबाट महान्यायाधिवक्ता कार्यालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077