Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

घरको छतबाट खसेर कामदारको मृत्यु

घरको छतबाट खसेर कामदारको मृत्यु

शुक्रवार , श्रावण ३२, २०८१

काठमाडौं । निर्माणाधीन घरको छतबाट खसेर काठमाडौंको चन्द्रागिरिमा एक कामदारको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका–१५ स्थित निर्माणाधीन घरमा रङ लगाउने क्रममा शुक्रबार अचानक खसेर उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौंको जरंखुमा डेरा गरी बस्ने ४१ वर्षीय अर्णबहादुर थापामगर छन् ।

छतबाट खस्दा घाइते भएका उनलाई तत्कालै उपचारका लागि कंलकीस्थित सहिद मेमोरियल अस्पतालमा पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए ।

मृतक थापा मगरको शव पोष्टमाटमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077