Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नेपाली सेनालाई नयाँ हेलिकोप्टर खरिद गर्न अमेरिकाले सहयोग गर्ने सहमति

नेपाली सेनालाई नयाँ हेलिकोप्टर खरिद गर्न अमेरिकाले सहयोग गर्ने सहमति

शुक्रवार , श्रावण ३२, २०८१

काठमाडौं । अमेरिकाले नेपाली सेनालाई नयाँ हेलिकोप्टर खरिद गर्न सहयोग गर्ने भएको छ ।

एक दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार बिहान काठमाडौं आएका व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उप–विदेशमन्त्री रिचार्ड बर्माले उक्त सहमति जनाएका हुन् ।

“यसै क्रममा उप–विदेशमन्त्री बर्माले नेपाली सेनालाई विपद् प्रतिकार्य प्रयासमा सहयोग गर्न थप नयाँ हेलिकोप्टर खरिदका लागि अमेरिका सहयोग गर्न सहमत भएको शुभ समाचार पनि सुनाउनु भयो,” काठमाडौंस्थित अमेरिकी दूतावासले आफ्नो फेसबुकमा पेजमा लेखेको छ ।

अमेरिकी दूतावासले उप–विदेशमन्त्री रिचार्ड बर्माको नेपाल भ्रमण सफल रहेको दाबी समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077