Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

तापक्रम वृद्धिले हिमपहिरो गएका कारण सोलुखुम्बुको थामेमा बाढी आएको आशंका

तापक्रम वृद्धिले हिमपहिरो गएका कारण सोलुखुम्बुको थामेमा बाढी आएको आशंका

शुक्रवार , श्रावण ३२, २०८१

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा गएको भीषण बाढी हिमताल विष्फोटका कारण हुनसक्ने अनुमान गरिएको छ।

जल तथा मौसम विभागले थामे खोला जलाधारको माथिल्लो क्षेत्रमा ६ वटा हिमतालहरू रहेको र त्यसमध्ये कुनै विष्फोट भएको हुनसक्ने अनुमान गरेको हो।

विभागका अनुसार सो क्षेत्रमा गत साउन २५ गतेअघि ७ दिनमा ६५ मिमि पानी परेको अनुमान गरिएको छ। त्यसलगत्तै उक्त क्षेत्रको तापक्रम वृद्धि भएको विभागले जनाएको छ। साउन ३१ गते भने सो क्षेत्रको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियम पुगेको विभागको भनाइ छ।

“निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरूमध्ये कुनै हिमताल विस्फोट भएको हुन सक्ने देखिन्छ,” महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त क्षेत्रको नजिक रहेको फोर्से केन्द्रमा विगत सात दिनमा कुल ६५ मि.मि. वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077