Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

खुम्बुमा दुई वटा हिमपोखरी फुटेर बाढी आएको पुष्टि

खुम्बुमा दुई वटा हिमपोखरी फुटेर बाढी आएको पुष्टि

शनिवार , भाद्र १, २०८१

सोलुखुम्बु। सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेमा हिमपोखरी फुटेर बाढी आएको पुष्टि भएको छ ।

रक्षामन्त्री मानवीर राईसहित आज गएको टोलीले उक्त क्षेत्रको निरीक्षणका क्रममा दुईवटा पोखरी फुटेको जनाएको हो।

शुक्रबार करिब दुई बजेको समयमा जिल्ला सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे स्थित थामे खोलामा पानीको बहाव बढेको थियो ।

रक्षामन्त्री मानवीर राईसहितको अध्ययन टोलीले अझै २ वटा पोखरी उच्च जोखिममा रहेको जनाएको छ ।

बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न शनिबार रक्षामन्त्री राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077