Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मनसुनजन्य विपद् : १८१ को मृत्यु, ५० जना बेपत्ता

मनसुनजन्य विपद् : १८१ को मृत्यु, ५० जना बेपत्ता

शनिवार , भाद्र १, २०८१

काठमाडौं । नेपालमा यो वर्षको मनसुन भित्रिएयता बाढीपहिरोलगायत विपद्जन्य घटनामा परी शनिबार (आज) दिउँसोसम्म १८१ जनाको मृत्यु भएको छ ।

विपद्‌मा परी देशभर ५० जना बेपत्ता छन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको जेठ २८ गतेयता बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा तीन, कोसी प्रदेशमा २७ जनाको मृत्यु भएको छ ।

मधेसमा आठ, वाग्मतीमा ३२, गण्डकीमा ५५, लुम्बिनीमा ३५, कर्णालीमा १० र सुदूरपश्चिम प्रदेशमा ११ गरी १८१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, काठमाडौं उपत्यकामा ११, कोसी प्रदेशमा ३८ जना घाइते भए । मधेसमा ११, वाग्मतीमा २३, गण्डकीमा ४६, लुम्बिनीमा १५, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा २८ गरी २२९ जना घाइते भएका तथ्यांक छ ।

बाढीपहिरोमा परी कोसीमा तीन, मधेसमा एक, वाग्मतीमा ४१, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ५० जना बेपत्ता छन् ।

काठमाडौं उपत्यकामा २८, कोसीमा ४९, वाग्मतीमा १२, गण्डकीमा १४, लुम्बिनीमा तीन, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच गरी ११३ जनाको उद्धार गरिएको छ ।

यो अवधिमा विपद्का घटनाबाट चार हजार ६८९ घरपरिवार विस्थापित भएका प्रहरीले जानकारी गराएको छ । जेठ २८ मा मनसुन नेपाल भित्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077