Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कोटीहोमस्थल घटना : छानबिन गर्न सात सदस्यीय समिति गठन

कोटीहोमस्थल घटना : छानबिन गर्न सात सदस्यीय समिति गठन

शनिवार , भाद्र १, २०८१

काठमाडौं । सरकारले पशुपतिनाथ मन्दिरको कोटीहोमस्थलमा भएको घटनाबारे छानबिन गर्न छानबिन समिति गठन गरेको छ ।

शुक्रवार कोटीहोमका आयोजक विजयकृष्ण मूर्ति भनिने विजय भण्डारीलाई पक्राउ गर्न जाँदा प्रहरीविरुद्ध नाराबाजी र हुलहुज्जत भएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा शनिवार सात सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिका सदस्यमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक गंगा पौडेल, सशस्त्र प्रहरी बल २० गण सिनामंगलका सप्रनाउ प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महासंघका गोविन्द चौलागाईं र मानव सेवा फाउन्डेसन नेपालका विष्णुकुमार थापा रहेका छन् ।

यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंका अधिकृत अनुपम पौडेल सदस्य–सचिव रहेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेलगायतको छलफलपछि सात सदस्य छानबिन समिति बनाउने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077