Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पशुपति कोटीहोमको घटना तीन बुँदे सहमतिमा टुंगियो

पशुपति कोटीहोमको घटना तीन बुँदे सहमतिमा टुंगियो

आइतवार , भाद्र २, २०८१

काठमाडौँ । पशुपतिनाथस्थित कोटिहोमस्थलमा शुक्रबार राति भएको घटना मेलमिलापमा टुंगिएको छ ।

सुरक्षा समितिका सदस्यहरू र कोटिहोम आयोजकका तर्फबाट उपस्थित प्रतिनिधिबीच भएको छलफलमा शुक्रबार राति भएको विवाद तीन बुँदे सहमतिमा टुंगिएको हो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सभाहलमा भएको छलफलपछि भएको सहमतिको पहिलो बुँदामा कोटिहोमस्थलमा भएको घटनाका सम्बन्धमा वातावरणलाई सग्ल्याउँदै समझदारी कायम हुन नसकेकोमा दुबै पक्षबाट दुख व्यक्त गरिएको छ ।

यस्तै घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भाव बिथोलिन नदिन दुबै पक्षबाट प्रतिबद्धता जनाइएको छ ।

यस्तै कोटिहोम आयोजनास्थलमा भएको घटनाका सम्बन्धमा स्थलगत रुपमा बुझी छानबिन गरी सत्य तथ्य सहितको प्रतिवेदन पेश गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाको संयोजकत्वमा छानबिन समिति गठन गर्ने सहमति समेत बनेको छ ।

उक्त समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने र दोषी उपर कारवाही गर्ने समझदारीपत्रमा उल्लेख छ। शुक्रबार राति मुख्य आयोजक विजय कृष्णमूर्तिलाई पक्राउ गर्न खोज्दा कोटिहोम स्थल तनावग्रस्त बनेको छ ।

कोटिहोम स्थलमा प्रहरी पुगेपछि समर्थकले नाराबाजी र हुल हुज्जत गरेका थिए । प्रहरीले पक्राउ गर्न खोजेपछि कृष्णमूर्ति समर्थकबिचबाट बोल्दै आफू गिरफ्तार भएमा आन्दोलन गर्न आदेश दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077