Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बागमतीको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमतीको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

आइतवार , भाद्र २, २०८१

हेटौंडा । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको हो ।

२५ वर्षदेखि निरन्तर कानुन व्यवसायीको रुपमा काम गर्दै आएका काफ्लेले यसअघि पूर्वकानुन तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाज कल्याणमन्त्री लिला कोइरालाको सल्लाहकारसमेत भएर काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077