Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

परराष्ट्रमन्त्री राणासँग भेटेपछि जयशंकरले भने - भेट फलदायी भयो, सम्बन्ध सुदृढ हुनेछ

परराष्ट्रमन्त्री राणासँग भेटेपछि जयशंकरले भने - भेट फलदायी भयो, सम्बन्ध सुदृढ हुनेछ

सोमवार , भाद्र ३, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरसँग दुई देशको हित र सम्बन्ध सुधारबारे छलफल भएको बताएकी छन् ।

सामाजिक सञ्जाल मार्फत् दिल्ली भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाले भारतीय विदेशमन्त्री जयशंकरलाई भेटेपछि छलफलबारे सो कुरा बताएकी हुन् ।

सामाजिक सञ्जाल एक्समै भेटवार्ताबारे पोस्ट गर्दै भारतीय विदेशमन्त्री जयशंकरले ऊर्जा, व्यापार, यातायात र पूर्वाधारसहित दुवै देशका अन्य धेरै बहुआयामिक विषयमा सहकार्यबारे छलफल भएको बताएका छन्।

भारतीय विदेशमन्त्री जयशंकरले लेखेका छन्, 'नेपालकी परराष्ट्रमन्त्री आरजु देउवालाई पहिलो आधिकारिक विदेश भ्रमणमा स्वागत गर्न पाउँदा खुसी छु । ऊर्जा, व्यापार, यातायात र पूर्वाधार विकाससहित नेपाल-भारतको बहुआयामिक सहकार्यबारे छलफल गर्‍यौं ।'

उनले नेपालले करिब एक हजार मेगावाट विद्युत् भारतलाई निर्यात गर्ने तयारी गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

विदेशमन्त्री जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री देउवा यतिखेर भारतको भ्रमणमा छिन् । उनले सोमवार नै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077