Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

हामी देशभर सुरक्षित शहर बनाउन लागिपरेका छौं : उपप्रधानमन्त्री सिंह

हामी देशभर सुरक्षित शहर बनाउन लागिपरेका छौं : उपप्रधानमन्त्री सिंह

मंगलवार , भाद्र ४, २०८१

काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिंहले सुरक्षित शहर बनाउन आफुहरुले निरन्तर काम गरिरहेको बताएका छन् ।

मंगलबार काठमाडौं क्षेत्र नं.१ मा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्रीसमेत रहेका शहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले मन्त्रालयले शहरी विकास र पूर्वाधार निर्माणको काम शहर र ग्रामिण क्षेत्र दुवैलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

परिणाम देखिन केही समय लाग्ने शहरी विकासमन्त्री सिंहको भनाइ छ।

संविधानले दिएको अधिकारलाई आवश्यक कानुन बनाएर कार्यान्वयन गर्दै सबै जनताले परिवर्तनको महशुस गराउन सक्नुपर्ने बताउँदैशहरी विकासमन्त्री सिंहले अहिलेको सरकारलाई काम नगर्ने छुट नभएको बताए।

उनले सरकारले जनतामा आशा जगाउने गरि काम गर्ने बताए। देशभर सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको पनि शहरी विकासमन्त्री सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077