Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

मुकुललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय

मुकुललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय

बुधवार , भाद्र ५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नु अघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आज पार्टी कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि सचिवालयले सोधेको स्पष्टीकरणको जवाफ ढकालले दिइसकेका छन्।

केन्द्रीय अनुशासन आयोगले ढकालका पछिल्ला गतिविधिबारे प्रतिवेदन बुझाइसकेको छ।

पार्टीले पदबाट हटाएपछि उनले निरन्तर सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् ।

उनलाई साधारण सदस्यबाट निष्कासनअघि ‘किन नगर्ने भनेर अन्तिम पटक स्पष्टीकरण सोध्ने’ निर्णय भएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077