Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु

औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु

बिहिवार , भाद्र ६, २०८१

एजेन्सी । भारतको एक औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ।

आन्ध्रा प्रदेशको अनाकापल्ली जिल्लामा रहेको इसेन्सिया एड्भान्स साइन्सेस प्लान्टमा विस्‍फोट हुँदा १७ जनाको मृत्यु भएको हो।

अन्तराष्ट्रिय संञ्चारमाध्यमका अनुसार यस घटनामा ३४ जना घाइते समेत छन्।

प्लान्टको रसायन मिश्रण गर्ने ठाउँ ‘केमिकल रियाक्टर’बाट विस्फोट भएको समाचारमा उल्लेख छ।

मुख्यमन्त्री चन्द्रबाबु नायडूले उच्चस्तरीय छानबिन समिति गठन गरेका छन्।

व्यवस्थापनको कमजोरी देखिए कारबाही गर्ने समेत चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077