Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सशस्त्र आईजीपी अर्यालको निर्देशन - सीमा सुरक्षाका लागि अग्रस्थानमा रहनू

सशस्त्र आईजीपी अर्यालको निर्देशन - सीमा सुरक्षाका लागि अग्रस्थानमा रहनू

बिहिवार , भाद्र ६, २०८१

चितवन । सीमा सुरक्षा र विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरीलाई सधैँ अग्रस्थानमा रहन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्देशन दिएका छन्।

चितवनको भण्डारमा आज आयोजित सशस्त्र प्रहरी बल, नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर, भण्डारा, चितवनको सातौँ स्थापना दिवसको उद्घाटन गर्दै महानिरीक्षक अर्यालले यस्तो निर्देशन दिएका हुन्।

राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले विपद् र सीमा सुरक्षाका सवालमा सशस्त्र प्रहरीको भूमिका अनुकरणीय रहेको बताए।

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जनताको सेवामा सशस्त्र प्रहरीले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै पहाडी क्षेत्रसँग जोडिएका नगरपालिका र गाउँपालिकामा सशस्त्र प्रहरीको सक्रियता बढाउन माग गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077