Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अमेरिकामा नेपाली नर्स बेपत्ता, श्रीमानले नै हत्या गरेर शव लुकाएको आशंका

अमेरिकामा नेपाली नर्स बेपत्ता, श्रीमानले नै हत्या गरेर शव लुकाएको आशंका

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौं । अमेरिकामा केही साताअघिदेखि हराइरहेकी नेपाली नर्स ममता काफ्लेको हत्या अभियोगमा उनका श्रीमान पक्राउ परेका छन् ।

हत्या अभियोगमा उनका श्रीमान नरेश भट्टलाई अमेरिकाको भर्जिनिया राज्य प्रहरीले गिरफ्तार गरेको हो । घरमा रातभर खानतलासी गरेपछि बिहान नरेशलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

उनले नै ममताको हत्या गरेको निष्कर्ष निकाल्दै प्रहरीले नियन्त्रणमा लिएको हो । श्रीमान नरेशले नै हत्या गरेर शव लुकाएको अभियोग छ ।

भर्जिनियाबाट बेपत्ता ममताको अवस्था अहिलेसम्म पनि अज्ञात नै छ । नरेशलाई उनलाई शुक्रबार अदालतमा पेश गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077