Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नयाँ सिजनको पहिलो खेलमै रोनाल्डोको अल नासरले खेल्यो बराबरी

नयाँ सिजनको पहिलो खेलमै रोनाल्डोको अल नासरले खेल्यो बराबरी

शुक्रवार , भाद्र ७, २०८१

एजेन्सी । साउदी प्रो लिग २०२४–२५ को पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोको टिम अल नासर बराबरीमा रोकिएको छ ।

बिहीबार अल अवाल रंगशालामा अल नासर र अल राइद १–१ को बराबरीमा रोकिएका हुन् ।

अल नासरबाट रोनाल्डोले ३४औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रतामा राखेका थिए ।

तर, ४९औँ मिनेटमा पेनाल्टीमार्फत मोहमेद फौजैरले गोल गरेपछि अल–राइद खेलमा फर्कियो ।

अल नासर एक अंकसहित तालिकाको चौथो स्थानमा छ । समान अंकको अल राइद पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077