Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा खस्यो भारतीय बस

आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा खस्यो भारतीय बस

शुक्रवार , भाद्र ७, २०८१

तनहुँ । आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी बस खसेको हो ।

पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077