Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

मर्स्याङ्दी बस दुर्घटना अपडेट : घटनास्थलमै १४ जनाको मृत्यु

मर्स्याङ्दी बस दुर्घटना अपडेट : घटनास्थलमै १४ जनाको मृत्यु

शुक्रवार , भाद्र ७, २०८१

तनहुँ । तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खस्दा १४ जनाको मृत्यु भएको छ।

पृथ्वीराजमार्ग अन्तर्गत मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको यात्रुवहाक बस खस्दा १४ जनाको मृत्यु भएको हो ।

दुर्घटनास्थलबाट १६ जना यात्रुलाई उद्धार गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार १४ जनाको मृत्यु भएको छ भने १६ जनालाई उद्धार गरेर उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ।

आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो।

कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077