Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सशस्त्र प्रहरीका एसपी शाहूविरूद्ध भ्रष्टाचार मुद्दा दायर

सशस्त्र प्रहरीका एसपी शाहूविरूद्ध भ्रष्टाचार मुद्दा दायर

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका एसपी विरसिंह शाहूविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले न.४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडा कैलालीका तत्कालीन एसपी शाहूविरूद्ध शुक्रबार अदालतमा मुद्दा दायर गरेको हो।

शाहूमाथि सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोप छ।

प्रहरी निरीक्षक पदमा बढुवा नियुक्तिको लागि पेश गरेको बिए तहको शैक्षिक प्रमाणपत्रमा अख्तियारले अनुसन्धान गरेको थियो।

शाहूले २०५९ चैत ७ गते प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा.राममनोहर लोहिया अबध विश्वविद्यालय फैजाबादबाट जारी भएको प्रमाणपत्र भनेर पेश गरेको अख्तियारले जनाएको छ।

उक्त प्रमाणपत्र झुटो रहेको अख्तियारको दाबी छ। अख्तियारले उनलाई ६ महिनादेखि एक वर्षसम्म कैद सजाय र १० हजार देखि २० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077