Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सहकारी ठगी प्रकरण : जीबी र रविका पार्टनर छविलालसँग संसदीय समितिले लियो बयान

सहकारी ठगी प्रकरण : जीबी र रविका पार्टनर छविलालसँग संसदीय समितिले लियो बयान

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वडिआइजी तथा जीबी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पार्टनर छविलाल जोशीसँग सोधपुछ गरेको छ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा समितिले जोशीसँग सहकारी ठगीसँग सम्बन्धित विषयमा सोधपुछ गरेको हो।

नेटवर्किङ व्यवसायमा समेत जीबी राईका पार्टनर रहेका जोशीको घरबाट प्रहरीले विभिन्न सहकारीका सर्भर जफत गरेको थियो ।

सहकारी ठगीमा फरार रहेका जीबीका व्यापारिक साझेदार रहेका जोशीसँग सहकारीबाट गोरखा मिडियामा गएको रकमबारे समितिले सोधपुछ गरेको हो ।

गैरकानूनी ढंगले ऋण प्रवाह गरेका सहकारीको सर्भर जोशीको घरमा बरामद भएपछि अनुसन्धान उनीतर्फ समेत सोझिएको थियो। गत वर्ष माघ २४ गते प्रहरीले उनको शंखमुलस्थित घरमा छापा मारेको थियो।

उक्त घरबाट प्रहरीले सूर्यदर्शन सहकारीको सर्भर बरामद गरेको थियो।  उनीपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सोधपुछ गर्ने कार्यसूची छ।

सभापति लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिले जनाएको छ ।

विभिन्न सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा कम्पनीका तत्कालीन पदाधिकारीहरूको खातामार्फत् गएको देखिएपछि समितिले उनीहरूलाई बोलाएर सोधपुछ गरिरहेको छ।

रवि पनि जीबीसँगै छविलालका व्यवसायीक साझेदार रहेका थिए । रवि गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रहेका थिए भने जीबी संञ्चालक रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077