Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग संसदीय समितिले लियो बयान

सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग संसदीय समितिले लियो बयान

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ ।

सहकारी संस्थाको बचत रकम लगानी गरिएको तत्कालीन गोर्खा मिडिया नेटवर्कमा जीबी राईका साझेदार रहेका छबिलाल  जोशी र लामिछानेसँग बयान लिएको हो ।

समितले सोधपुछका लागि बोलाएपछि सभापति लामिछाने दिउँसो ४ बजेपछि सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेका थिए।

यसअघि समितिले उनलाई दिउँसो २ बजे उपस्थित हुन भनेको थियो। उनी अघि पुगेका छबिलाल जोशीसँगको सोधपुछ लम्बिएपछि रवि लामिछानेसँगको सोधपुछ केही ढिला भएको हो।

उनीसँग समितिले सहकारी विशेषगरी सूर्यदर्शन सहकारीबाट गोरखा मिडियामा आएको रकमबारे बयान लिएको छ ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताए ।

विभिन्न सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा कम्पनीका तत्कालीन पदाधिकारीहरूको खातामार्फत् गएको देखिएपछि समितिले उनीहरूलाई बोलाएर बयान लिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077