Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

साफ यू–२० च्याम्पियनसिप : सेमिफाइनलमा नेपालले भुटानसँग खेल्ने

साफ यू–२० च्याम्पियनसिप : सेमिफाइनलमा नेपालले भुटानसँग खेल्ने

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको अन्तिम लिग चरणको खेलमा भारतले माल्दिभ्सलाई १–० ले पराजित गरेको छ ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा शुक्रबार भएको समूह बी को खेलमा भारतले लगातार दोस्रो जित निकालेको हो ।

यो जितपछि भारत समूह विजेता रह्यो । उसको ६ अंक भएको छ । भारतका लागि दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा मंग्लेनथान किपगेनले निर्णायक गोल गरे ।

भुटान ३ अंकसहित दोस्रो स्थानमा रह्यो । लगातार दोस्रो हारपछि माल्दिभ्स भने शून्य अंकमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि नेपालले समुहको दुबै खेल जितेर विजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको थियो । यससँगै प्रतियोगताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।

अब अन्तिम चारमा नेपालले भुटान तथा भारतले बंगलादेशको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077