Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

संसदीय समितिमा रविले भने – आर्थिक विषय जीबीलाई थाहा छ, म प्रशासकीय काम हेर्थेँ

संसदीय समितिमा रविले भने – आर्थिक विषय जीबीलाई थाहा छ, म प्रशासकीय काम हेर्थेँ

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडियामा कहाँबाट रकम आयो भन्ने जानकारी नभएको बयान दिएका छन् ।

शुक्रबार सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विषेश समितिलाई उनले सो बयान दिएका हुन् ।

उनले सहकारी सम्बन्धी संसदीय छानबिन समितिमा गोर्खा मिडिया नेटवर्कमा तत्कालीन प्रबन्ध निर्देशक, सेयर होल्डर समेत रहेका लामिछानेले संस्थामा आएको भनिएको रकमबारे प्रष्टिकरण दिएका थिए ।

समिति सभापति सूर्य थापाका अनुसार उनले सुप्रिम, सहारा, सूर्यर्दशन र स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा उनको नाम खडा गरिएको ऋण र प्रवाह गरिएको रकममा आफ्नो हस्ताक्षर कागजात संलग्न नरहेको दाबी गरेका छन् ।

“आफू संस्थाको प्रबन्धक निर्देशकका रूपमा, प्रशासकीय आन्तरिक काममा संलग्न रहेको तर, कार्यकारी प्रमुखका रूपमा आर्थिक स्रोत जुटाउने काम जीबी राईले गर्ने गरेको हुनाले कहाँबाट रकम प्राप्त भयो भन्ने राईलाई थाहा हुने विषय राख्नुभएको छ,” थापाले भने ।

आफू प्रशासकीय काममा मात्रै गोर्खा मिडियामा रहेको भन्दै उनले आर्थिक विषय जीबीलाई नै थाहा हुने दाबी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077