Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सीमामा खटिने प्रहरी नै आईजीपी हो, राजश्व चुहावट नियन्त्रण गर्नू : सशस्त्र आईजीपी अर्याल

सीमामा खटिने प्रहरी नै आईजीपी हो, राजश्व चुहावट नियन्त्रण गर्नू : सशस्त्र आईजीपी अर्याल

शुक्रवार , भाद्र ७, २०८१

भैरहवा । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा खटिएका प्रत्येक सुरक्षाकर्मीको संगठन प्रमुख (आइजीपी)सरह जिम्मेवारी भएको बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयको सातौं वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै अर्यालले यस्तो बताएका हुन् ।

उनले सीमा सुरक्षाका लागि पालेको रुपमा तैनाथ एक सय जनामध्ये १ जनाले मात्र गल्ती गरेमा सम्पूर्ण संगठनकै बद्‌नाम हुने भएकाले आफ्नो राष्ट्र र राष्ट्रको झण्डा ख्याल राखेर काम गर्न निर्देशन दिए ।

लुम्बिनी आर्थिक, राजनीतिक, धार्मिक रुपले विशिष्ट प्रदेश भएकाले यस्तो अवस्थामा सीमा सुरक्षामा निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै उनले राजश्व चुहावट नियन्त्रण प्रभावकारी भूमिका खेल्न निर्देशन दिए ।

'सीमा रक्षामा मोहिलजा देखाएर सह्य हुँदैन । अपराधीलाई बचाउनु पनि अपराध हो । ख्याल गर्नुहोला । सबैले कमाण्डरको भावनाले काम गर्नुस् । ड्युटीमा खटिने व्यक्ति नै आइजीपी हो', आईजीपी अर्यालले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077