Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सहरी विकास मन्त्रालयको नियुक्ति र सरुवा बढुवामा मन्त्रीपत्नीको नाम लिँदै बिचौलिया हावी

सहरी विकास मन्त्रालयको नियुक्ति र सरुवा बढुवामा मन्त्रीपत्नीको नाम लिँदै बिचौलिया हावी

शनिवार , भाद्र ८, २०८१

काठमाडौं । नेपाली कांग्रेस जब जब सरकारमा जान्छ तब तब मन्त्री हुनेहरुमध्ये धेरैको मन्त्रालयमा श्रीमती हावी हुँदा कतिपयको राजनीतिक भविष्य पतन हुन पुगेको छ भने कोही जेलमै पुगेका छन् ।

बालकृष्ण खाँणको मन्त्रालयमा श्रीमती मन्जु हावी हुँदा उनी भूटानी शरणार्थी प्रकरणमा जेलमा पुगे । नेपाली कांग्रेसको उच्च नेतृत्वमा पुग्न सक्ने संभावना भएका उनको राजनीतिक जीवनमा नमेटिने दाग लाग्न पुगेको छ ।

खाँणले तत्कालीन पूर्वसांसद, हाल एक संसदीय समितिका सभापति र एक पूर्वमन्त्रीलाई प्रहरीका सरुवा बढुवादेखि अपराधी छुटाउने धन्दामा बिचौलियको रुपमा प्रयोग गरी धनराशी त जम्मा गरे, तर उनको राजनीतिक जीवन संकटमा परेको छ ।

चुनाव नजिते पनि कांग्रेस सभापति शेरबहादुर देउवाको आशीर्वादमा ऊर्जामन्त्रीदेखि अर्थमन्त्रीसम्म भएका डा। प्रकाशशरण महतकी श्रीमती विनाको हस्तक्षेपले उनी समेत विवादमुक्त हुन सकेनन् ।

यसअघिका परराष्ट्रमन्त्री एनपी साउदकी श्रीमती ज्योत्सनाको हस्तक्षेपको बारेमा पनि कांग्रेसबृत्तमा चर्चा हुँदैआएको छ ।

वर्तमान सरकारमा उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहको मन्त्रालय पनि उनकी श्रीमती सिर्जनाले चलाउने गरेको आरोप छ । सहरी विकास मन्त्रालयका हरेक निर्णयमा प्रकाशमानको होइन, श्रीमती सिर्जनाकै हैकम चल्ने गरेको छ ।

सर्जनाको बिचौलिया जेपी श्रेष्ठले सहरी विकास मन्त्रालय अन्तर्गतका सहरी विकास तथा भवन विभाग, स्थानीय पूर्वाधार विभाग (डोली), अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति, राष्ट्रिय अवास कम्पनी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नगर विकास कोषका नियुक्ति र सरुवा बढुवामा चासो देखाउने गरेका छन् ।

उनले मन्त्रीपत्नीको सल्लाहकार र मन्त्री सिंहलाई भिनाजु नाता लगाउने गरेका छन् । उच्चपदस्थ ब्यक्तिहरुलाई भिनाजु, मामा, काका नाता लगाउँदै उनले रुकुमका टीकाराम खनाललाई समेत माथ गर्दै बिचौलियागिरी गर्दैआएका छन् ।

स्रोतका अनुसार जेपी श्रेष्ठले आफू सिर्जना सिंहको सल्लाहकार भएको भन्दै सहरी विकास मन्त्रालयमा चिनाउने गरेका छन् । मन्त्री प्रकाशमान हुन्, सिर्जना कुनै पनि पदमा छैनन् ।

तर जेपी श्रेष्ठले उनको सल्लाहकार भएको भन्दै सहरी विकास मन्त्रालयअन्तर्गतका कर्मचारीहरुलाई दबाब दिने गरेका छन् । उनले सिर्जनासँग लिएका तस्वीरहरु समेत देखाउने गरेका छन् ।

नेपाल प्रहरीका पूर्वआईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका वर्तमान आईजीपी राजु अर्यालको सल्लाहमा आफू सिर्जना सिंहको सल्लाहकार भएको भन्दै उनीहरुसँगको तस्वीर समेत देखाउँदैआएका छन् ।

[caption id="attachment_307458" align="alignnone" width="1079"]सशस्त्र प्रहरीका आईजीपी राजू अर्याल र नेपाल प्रहरीका पूर्वआईजीपी धीरज प्रताप सिंहसँग जेपी श्रेष्ठ सशस्त्र प्रहरीका आईजीपी राजू अर्याल र नेपाल प्रहरीका पूर्वआईजीपी धीरज प्रताप सिंहसँग जेपी श्रेष्ठ[/caption]

जेपी श्रेष्ठलाई सिर्जनाले बिचौलियाका रुपमा परिचालन गरेकी हु्न् कि उनी आफैं स्वघोषित सल्लाहकार भन्दै हिंडेका हुन्, त्यो भने सहरी विकास मन्त्रालयका कर्मचारीहरुले थाहा पाउन सकेका छैनन् ।

यसअघि प्रकाशमान संघीय मामिला तथा स्थानीय विकास मन्त्री हुँदा पनि तत्कालीन जिविसका एलडीओ र नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरुवाको निर्णयमा मन्त्रीपत्नी सिर्जना नै हावी हुँदैआएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077