Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

मर्स्याङ्दी बस दुर्घटना : भारतीय वायुसेनाको विमानमार्फत लगियो २५ जनाको शव

मर्स्याङ्दी बस दुर्घटना : भारतीय वायुसेनाको विमानमार्फत लगियो २५ जनाको शव

शनिवार , भाद्र ८, २०८१

चितवन । तनहुँको मर्स्याङ्दी नदीमा बस खस्दा ज्यान गुमाएका भारतीय पर्यटकको शव स्वदेश लगिएको छ ।

भारतीय एयरफोर्सको जहाजबाट मृत्यु भएका २७ जनाको शव आज अपरान्ह महाराष्ट्रस्थित नासिक लगिएको हो ।

चालक र सहचालक उत्तर प्रदेश गोरखपुर घर भएकाले शव बहानमार्फत पठाइएको छ ।

भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले समेत यही विमानमार्फत भारत फर्किएकी छिन् ।

पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँ आबुखैरेनीमा भएको बस दुघर्टनामा परी २७ भारतीयको मृत्यु भएको ।

४३ जना सवार बसमा दुर्घटनामा घाइते १६ जनाको काठमाडौंमा उपचार भइरहेको छ । आँबुखैरेनी गाउँपालिका-२ ऐना पहराबाट शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077