Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सुनकोसीमा खसेको हाइलक्स भेटियो, तीन यात्रुको अवस्था अझै अज्ञात

सुनकोसीमा खसेको हाइलक्स भेटियो, तीन यात्रुको अवस्था अझै अज्ञात

शनिवार , भाद्र ८, २०८१

सिन्धुली । सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ बेलटारस्थित कुडेलेबाट सुनकोसी नदीमा खसेर बेपत्ता भएको हाइलक्स गाडी भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार दुर्घटना भएको स्थान नजिकै उक्त गाडी भेटिएको हो । गाडीसँगै बेपत्ता भएका तीन जना यात्रु भने भेटिएका छैनन् । उक्त गाडी अहिले पानीबाट निकाल्ने प्रयास भइरहेको छ ।

पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको हाइलक्स गाडी सुनकोसी नदीमा खस्दा गाडीसहित तीन जना बेपत्ता भएका थिए । गाडीमा सवार चार जनामध्ये एकले हाम फालेर ज्यान बचाएका छन् ।

सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक भक्तपुरको सुर्यविनायक नगरपालिका बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् । उनीहरुको अहिले पनि गोताखोरले खोजी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077