Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कैलालीबाट १६ किलो लागुऔषधसहित बझाङकी मंगलीदेवी पक्राउ

कैलालीबाट १६ किलो लागुऔषधसहित बझाङकी मंगलीदेवी पक्राउ

शनिवार , भाद्र ८, २०८१

कैलाली । कैलालीबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–२ दहबगरकी ४५ वर्षीया मंगलीदेवी धामी रहेकी छन् ।

उनलाई गोदावरी नगरपालिका–२ तेघरी खानेपानी टोलबाट १६ किलो १८० ग्राम लागुऔषधसिहत पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनको घरको कोठा भित्र सेतोमा रातो धर्सेदार रंगको बोरा भित्र भुसामा लुकाई छिपाई राखेको लागुऔषध र नापतौल गर्ने तराजुसहित फेला पारी नियन्त्रणमा लिएको बताइएको छ ।

उनलाई मालाखेती प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077