Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

दोरम्बा शैलुङ गाउँपालिकामा पहिरोले तीन घर बगायो, मान्छे पनि बेपत्ता भएको आशंका

दोरम्बा शैलुङ गाउँपालिकामा पहिरोले तीन घर बगायो, मान्छे पनि बेपत्ता भएको आशंका

आइतवार , भाद्र ९, २०८१

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको लेखर्कमा पहिरो जाँदा तीन घर बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गएराति पहिरो घर बगाएको हो । प्रहरीका अनुसार दोरम्बा गाउँपालिका वडा नम्बर ३ र २ को बीचमा रहेको पक्की पुल पनि बगाएको छ।

मन्थलीबाट गएको टोली पुल बगाएकाले घटनास्थलमा पुग्न सकेको छैन ।

यता दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैन कुमार मोक्तानले पनि ४ वटा घर बगाएको र केहि बेपत्ता भएको जानकारी आएकाले घटनास्थलतर्फ आफू जाँदै गरेको जानकारी दिए ।

पहिरो गएपछि त्रासले टोकरपुरबासी रातभर जागै बसेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077