Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रामेछाप लेकखर्क पहिरो : दुई जनाको मृत्यु, ८ बेपत्ता

रामेछाप लेकखर्क पहिरो : दुई जनाको मृत्यु, ८ बेपत्ता

आइतवार , भाद्र ९, २०८१

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेकखर्कमा पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् ।

वडा नम्बर २ र ३ को सीमाक्षेत्र भएर खसेको पहिरोले तीनवटा घर बगाएको थियो । सोही पहिरोमा परी उनीहरुको मृत्यु भएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश महतोबा अनुसार वडा नम्बर ३ र २ को सिमानामा पहिरो जाँदा ३ वटा घर बगेका छन् भने केही घरहरूमा क्षति पुगेको छ ।

अहिलेसम्म दुईवटा शव निकालिएको र त्यसमा १ जना बालक रहेका उनले बताए । घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077