Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

यौनधन्दामा संलग्न होटल सञ्चालकसहित पाँचजना पक्राउ

यौनधन्दामा संलग्न होटल सञ्चालकसहित पाँचजना पक्राउ

आइतवार , भाद्र ९, २०८१

कैलाली । कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न पाँचजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरिया बजारस्थित विभिन्न होटलबाट अनैतिक क्रियाकलाप संलग्न पाँच जनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका – १ स्थित सार्थक होटल र गोदावरी नगरपालिका – २ स्थित विजय होटलबाट ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा होटल सञ्चालक सहित ३ पुरुष र २ महिला रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको मालाखेती प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077