Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रहेनन् प्रहरी सहायक हवल्दार निरौला, ड्युटीमै भएका थिए बेहोस !

रहेनन् प्रहरी सहायक हवल्दार निरौला, ड्युटीमै भएका थिए बेहोस !

आइतवार , भाद्र ९, २०८१

संखुवासभा । संखुवासभाको प्रहरी चौकी मंगलबारेमा कार्यरत एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।

ड्युटी गर्दागर्दै अचानक बेहोस भएका प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौलाको निधन भएको हो।

मादी नगरपालिका-२ मा ड्युटी गर्ने क्रममा बेहोस भएका निरौलालाई तेह्रथुमको बसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो ।

तर उनलाई स्वास्थ्य चौकीले शनिबार साँझ मृत घोषणा गरेको थियो । शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासी लडेर बेहोस भएका थिए ।

उनको शव धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा आज पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

पोष्टमार्टमपछि उनको घर लगेर परिवारलाई शव बुझाईने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077