Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा ३० जना घाइते

भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा ३० जना घाइते

आइतवार , भाद्र ९, २०८१

काठमाडौं । भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्।

बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना हुँदा कम्तीमा ३० भन्दा बढी घाइते भएका हुन्।

४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिँदा बस अनियन्त्रित भएर पल्टिएको थियो।

एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ ।

सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077