Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको प्रश्न - ९ वर्षसम्म २२ अर्ब महसुल किन उठाइएन ?

प्रधानमन्त्री ओलीको प्रश्न - ९ वर्षसम्म २२ अर्ब महसुल किन उठाइएन ?

सोमवार , भाद्र १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुल उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको भन्दै यसबारे स्पष्टीकरण दिएका छन् ।

आइतबार राति फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ओलीले सोबारे स्पष्टीकरण दिएका हुन् । उनले ६ अर्ब मात्र होइन, २२ अर्ब महसुल उठाइनु पर्ने सरकारको धारणा राखेको बताए ।

‘सरकारको कुरा यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भन्ने हो’, ओलीले भने, ‘उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्‍याई उद्योगहरूबाट बक्यौता उठाउनै पर्छ, रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु हुँदैन।’

उनले ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077