Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नेपाल प्रहरीसम्बन्धी विधेयक छिट्टै सदनमा पेस हुन्छ : गृहमन्त्री लेखक

नेपाल प्रहरीसम्बन्धी विधेयक छिट्टै सदनमा पेस हुन्छ : गृहमन्त्री लेखक

सोमवार , भाद्र १०, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी सम्बन्धी ऐन गृह मन्त्रालयबाट पास भएर अर्थ मन्त्रालयमा पुगिसकेको बताएका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

गृहमन्त्री लेखकले नेपाल प्रहरी सम्बन्धी ऐन चाँडै सदनमा पुर्‍याउने बताए । सशस्त्र प्रहरीका कानून र प्रहरी सम्बन्धी अन्य कानून संशोधनका लागि आफुहरु अगाडि बढेको उनको भनाई छ ।

उनले स्थीर सरकार नभएका कारण मुलुकमा सकरात्मक काम हुन नसकेकाले प्रमुख दुई दल मिलेर सरकार बनाएको बताए।

२०७९ सालको चुनावपछिको अवधिमा स्थीर सरकार निर्माण हुन नसक्दा हरेक दुई/तीन महिनामा प्रधानमन्त्री र मुख्यमन्त्रीहरुले विश्वासको मत लिन जानुपर्ने स्थिति भएको उनको भनाई छ ।

संसदीय प्रणालीमा सामान्यतः कम हुने गरेको अभ्यासमा प्रवेश गर्दा लामो समयदेखि पूरा हुन नसकेको काम पनि पूरा भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077