Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जनताका मुद्दा बोक्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

जनताका मुद्दा बोक्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

सोमवार , भाद्र १०, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीलाई जनताको मुद्दा बोक्न निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन्।

उनले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताए ।

गृहमन्त्री लेखकले भने,' प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नुपर्यो । जनताको मुद्दा बोक्दा आफ्नो मुद्दापनि आइहाल्छ ।'

सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजना सहित काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताएका छन् ।

नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउने बताए ।

गृहमन्त्री लेखकले सरकार बनेका एक सय दिनमा १० वटा काम गर्ने योजनासहित आफू अघि बढेको पनि बताए। उनले संक्रमणकालीन न्यायका विषयमा निष्कर्षमा पुगिएको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077