Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

लागूऔषध ट्रामाडोलसहित ललितपुरबाट चार जना पक्राउ

लागूऔषध ट्रामाडोलसहित ललितपुरबाट चार जना पक्राउ

सोमवार , भाद्र १०, २०८१

काठमाडौं । प्रहरीले लागूऔषध ट्रामाडोल सहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित तिमल्सिना चोकबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा महालक्ष्मी–६ स्थित सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, २९ वर्षीय समित राजबंशी, गोदावरी नगरपालिका–७ बस्ने ३५ वर्षीय पदम लामा र महालक्ष्मी नगरपालिका–९ बस्ने २९ वर्षीय अमुल पोखरेल छन्।

आइतबार साँझ उनीहरुलाई तिमल्सिना चोक स्थित चियाचु क्याफेबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट लागूऔषध ट्रामाडोल ७० पत्ता र खुकुरी एक थान बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077