Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जिल्ला समन्वय प्रमुखको क्वाटरमा जाँडपाटी, प्रमुख कुँवरमाथि नै भयो बोतल प्रहार !

जिल्ला समन्वय प्रमुखको क्वाटरमा जाँडपाटी, प्रमुख कुँवरमाथि नै भयो बोतल प्रहार !

सोमवार , भाद्र १०, २०८१

अछाम । जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुँवरमाथि बोतल प्रहार भएको छ । आइतबार राति ११ बजेको समयमा नेपाली कांग्रेस अछामका प्रवक्ता पदम शाहले प्रमुख कुँवरमाथि बोतल प्रहार गरेका हुन् ।

उनीहरुको गएराति समन्वय प्रमुखको क्वार्टरमा जाँडपाटी रहेको बुझिएको छ । सोही जाँडपाटीमा विवाद हुँदा कांग्रेसका प्रवक्ता शाहले प्रमुख कुँवरमाथि बोतल हिर्काएका हुन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बोतल प्रहारबाट समन्वय प्रमुख कुँवर घाइते भएका छन् । कुँवरको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जय पार्कीले जानकारी दिए ।

समन्वय प्रमुख कुँवरको टाउकोमा चार वटा टाँका लागेको बताइएको छ । उनको अवस्था समान्य रहेको बताइएको छ । उनीहरु दुवै जनालाई छलफलका लागि बोलाइएको थियो ।

तर समन्वय प्रमुख कुँवर नआएको बुझिएको छ । उनी अस्पतालबाट डिस्चार्ज समेत भइसकेको प्रहरीले जनाएको छ । कुँवर नेपाली काँग्रेसबाट समन्वय प्रमुखमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077