Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

१७ देशका लागि प्रस्तावित राजदूतविरुद्ध ९ वटा उजुरी

१७ देशका लागि प्रस्तावित राजदूतविरुद्ध ९ वटा उजुरी

मंगलवार , भाद्र ११, २०८१

काठमाडौं । संसदीय समितिको बैठकमा प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरीहरु खोलिएको छ । समितिको मंगलबार बसेको बैठकमा विभिन्न प्रस्ताववित राजदूतविरुद्ध ९ वटा उजुरी परेको हो ।

प्रस्तावित राजदूतबारे सैद्धान्तिक छलफलपछि उजुरी खोलिएको हो । साउन १४ मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत सिफारिस गरेको थियो ।

तर‚ साउन २९ मा बसेको संसदीय सुनुवाइ विशेष समितिले १० दिनको समय दिएर १७ देशमा प्रस्तावित राजदूतहरूको बारेमा मात्र सार्वजनिक उजुरी आह्वान गरेको थियो । अस्ट्रेलियाका लागि सिफारिस भएकी कान्ता रिजालको नाम उजुरी आह्वानको सूचनामा प्रकाशित भएको थिएन ।

समितिका अनुसार ९ मध्ये दुई वटा उजुरी इमेलबाट प्राप्त भएका हुन् भने ७ वटा उजुरी उजुरीकर्ताले संसद सचिवालयमै पुगेर दर्ता गराएका छन् ।

राजदूतबारे सैद्धान्तिक छलफलमा सांसदहरुले राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको विषयमा असन्तुष्टि जनाएका छन् ।

समितिमा छलफल सुरु हुँदा सांसदहरूले समानुपातिक–समावेशिताको कुरा उठाएका हुन् ।

सांसद प्रकाश अघिकारी, जीवन परियार, पशुपती शमशेर जबरा, आनन्द ढुङ्गाना, ईश्वरी घर्ती, लीलानाथ श्रेष्ठ र जनार्दन शर्माले राजदूत सिफारिस समावेशी नभएको गुनासो गर्दा सरकारको नेतृत्व गरेको दल नेकपा एमालेका सांसद महेश बर्तौला र नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र कार्कीले भने त्यसको बचाउ गरे ।

[insert page='307887' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077