Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

निर्वाचनकै दिन काठमाडौंका प्रभावशाली नेताहरुले किन छाडे नेकपा एस ?

निर्वाचनकै दिन काठमाडौंका प्रभावशाली नेताहरुले किन छाडे नेकपा एस ?

मंगलवार , भाद्र ११, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी र पोलिटव्युरो सदस्यहरुको निर्वाचन भइरहेका बेला काठमाडौंका एक दर्जन बढी नेताहरुले पार्टी परित्याग गरेका छन् ।

काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपानेसहितका प्रभावशाली नेताहरुले आज पार्टीबाट राजीनामा दिएका हुन् ।

नेकपा एस परित्याग गर्नेमा काठमाडौं क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, जिल्ला कमिटी सचिव तथा तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्षरोहित महर्जन,सचिव गृश्म महर्जन, उपसचिव नारायणहरी थापा, जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा, राजकुमार महर्जन, विजय देवकोटालगायत छन् ।

त्यस्तै बुढानिलकण्ठ नगर कमिटी उपाध्यक्ष बिष्णु भट्टराई, सचिव बिमल लामा, युवा संघ केन्द्रीय सदस्य रामशरण सापकोटा, जिल्ला सचिवालय सदस्य अशोक युवा संघ बुढानिलकण्ठ अध्यक्ष आकाश श्रेष्ठ, भानु रिजाल, केन्द्रीय सदस्य मेघ कुमार न्यौपाने, दिपेश थापा, कृष्णहरी खड्का, किर्तिपुर नगर कमिटी नेकपा एसका उपसचिव नारायणहरी थापा, महिला संघ जिल्ला उपाध्यक्ष पुष्पा थापालगायतले पनि नेकपा एस परित्याग गरेका छन् ।

नेकपा एस परित्याग गर्नेमा काठमाडौं क्षेत्र नम्बर ९ का संयोजक तोरण थापा, चन्द्रागिरी नगर अध्यक्ष प्रदिप रिजाल, काठमाडौं क्षेत्र नम्बर १० (ख)का प्रदेश संयोजक राजाराम कार्कीलगायतले पनि पार्टी परित्याग गर्ने घोषणा गरेका छन् । एकीकृत समाजवादी शिक्षक संगठन काठमाडौंका अध्यक्ष इन्द्रप्रसाद सिम्खडाले पनि राजीनामा दिएका छन् ।

जिल्ला कमिटी बैठक बुधबार बोलाइएको र त्यसको पूर्वसन्ध्यामा उपाध्यक्ष सचिवसहितका अन्य धेरै सदस्यको राजीनामा आउने क्रममा रहेको उपाध्यक्ष थापाले बताए ।

पार्टीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको र व्यक्तिवादी चरित्र हावी भएकाले आफूहरुले छलफल गरेरै नेकपा एस छाडेको सचिव न्यौपानेले बताए । उनी साविक नेकपा एमालेमा ४ नम्बर क्षेत्रीय सचिव र जिल्ला खेलकुद विकास समितिको अध्यक्षसमेत भएका थिए ।

न्यौपानेले विज्ञप्ति जारी गर्दै वामपन्थी आन्दोलन मजबुत बनाउन विभाजित नभई एकीकृत कम्युनिष्ट आन्दोलनमा लाग्न आह्वान गर्दै जनताको बहुदलीय जनवादी लाइनमा उभिन आग्रह गरेका छन् । उनीहरु चाँडै एमालेमा समाहित हुने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077